असोज ५ गते प्रधानमन्त्री ओली अमेरिका जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल असोज ५ गते अमेरिकाको न्युयोर्क जाने भएका हुन्।

Dadeldhura hospital

बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए। महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

Navadurga sun
Godawari sandesh

प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत रहनेछन्। महासभा भदौ २५ गतेदेखि असोज १२ गतेसम्म चल्नेछ।

ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। यसपटक प्रधानमन्त्री नियुक्त भएपछि ओली पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्रीलगायत नेपाली प्रतिनिधिमण्डल असोज १५ गते स्वदेश फर्किने कार्यक्रम छ।

Loading...