सरकारले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक
आगामी चैतसम्म सबै नेपालीलाई निःशुल्क कोरोना खोप दिइने




काठमाडौँ, २४ साउन- सरकारले न्यूनतम साझा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार सिंहदरबारमा आयोजित विशेष समारोह बिच सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।


समारोहमा साझा कार्यक्रम प्रस्तुत गदै नेपाली काँग्रेसका महामन्त्री एवं न्यूनतम साझा कार्यक्रम कार्यदलका संयोजक पूणर्बहादुर खड्काले सरकारले कोरोना भाइरस महामारी नियन्त्रणका लागि विशेष कदम चाल्ने र त्यसका लागि आगामी चैतसम्म सबै नेपालीलाई निःशुल्क कोरोना खोप दिइने योजना रहेको बताए ।


कार्यदलका संयोजक खड्काले नेपालमै कोरोना खोप उत्पादनका लागि पहल गर्ने, लिम्पियाधुरा, लिपुलेक तथा कालापानीजस्ता सीमामा देखिएका समस्या कूटनीतिक तवरबाट हल गर्ने लगागतका विषय साझा कार्यक्रममा समावेश गरिएको बताएका छन् ।

कार्यक्रममा सरकारी सेवालाई जनमैत्री बनाउने, आर्थिक विकासलाई तीव्रता दिने, जलविद्युत, पर्यटन, शिक्षा, कृषि लगायतका क्षेत्रको विकासका लागि विशेष जोड दिइने संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी भूमिहीन सुकुम्वासीलाई भूमि उपलब्ध गराउने, वैज्ञानिक भू उपयोग नीति लागु गर्ने तथा देशभित्र उत्पादन मूलक क्रियाकलाप वृद्धि गरी रोजगारी सिर्जना गर्ने लगायतका विषय साझा कार्यक्रममा समावेश गरिएको कार्यदलका संयोजक पूणर्बहादुर खड्काले बताए ।
यस्तै न्यूनतम साझा कार्यक्रममा शान्ति प्रक्रियालाई पूणर्ता दिन विस्तृत शान्ति सम्झौताका बाँकी काम तथा विभिन्न पक्षसँग भएको शान्ति प्रक्रियासँग सम्बन्धित सम्झौता हरूको कार्यान्वयन गर्ने, कोरोनाका कारण सङ्कटग्रस्त उद्योग व्यवसायको उत्थानका लागि विशेष आर्थिक राहत प्याकेजको व्यवस्था गर्ने, बाढी पहिरो, आगलागी जस्ता विपत्तिमा परेका जनताको राहत तथा पुनः स्थापनाका लागि विशेष कार्यक्रम ल्याइने उल्लेख गरिएको छ ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम:
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”5104″ /]



