गोदावरीमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

अत्तरिया- कैलालीमा गोदावरी नगरपालिका स्थित एक सामुदायिक वनमा तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ बनखेत स्थित सुरक्षा सामुदायिक वनको जंगलमा जुवातास खेलिरहेका ४ जना पक्राउ परेका हुन् ।

Dadeldhura hospital

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का ४१ वर्षीय प्रेम रोकाया, गोदावरी–१ का ३३ वर्षीय रतन चौधरी, ४८ वर्षीय मान बहादुर ऐर र दाङ घोराहीका ५२ वर्षीय सुनिल बुढामगर रहेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

२१ हजार ८८० रुपैँया र एक थान ताससहित उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटीएको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

Loading...