दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

सुर्खेत– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले यस्तो धारणा राखेका हुन् ।

Ganyapdhura gau

आगामी मंसिरमा तय गरिएको दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताएका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले भने, ‘दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस् ।’ प्रचण्डले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिव करिव सम्पन्न हुने चरणमा गएको छ। यो हामी सबैका लागि खुशी र गौरवको कुरा हो ।’

रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए । आफू तीन पटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिंदै आएको पनि उनले स्पष्ट पारे ।

यसैबीच, अध्यक्ष प्रचण्डले पेरिस पारा–ओलम्पिकमा ऐतिहासिक कास्य पदक जित्ने पलेशा गोबर्धनलगायत खेल पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन् ।

 

 

Couple
Loading...