कैलालीको एक वनमा युवती मृत फेला

Dadeldhura hospital

धनगढी- कैलालीको एक सामुदायिक वनमा युवती मृत फेला परेकी छन् । लम्कीचुहा नगरपालिका ८ बचैलाकी अन्दाजी २४ वर्षीया जुनी जैशी सोही वडास्थित मालिका सामुदायिक वनमा मृत फेला परेकी हुन् ।

Ganyapdhura gau

बिहीबार बिहान सालको पात टिप्न भनी गएकी उनी साँझसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा शुक्रबार बिहान सालको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

Couple
Loading...