धनगढी- कैलालीबाट भन्सार छलीका पेन्ट र सुर्ती, बिडी बरामद गरिएको छ ।
जिल्लाको भजनी नगरपालिका–१ ठेगरपुर र भजनी नगरपालिका–६ नबलपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ४५ हजार ८९० मूल्य बराबरको सिल्भर पेन्ट, सुर्ती, बिडी लगायतका सामान बरामद गरिएको हो ।
उक्त सामान इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।