


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउलेमा गौरापर्व विशेष मेलाको उद्घाटन गरिएको छ ।


गौरापर्व मेला मूल समिति संयोजक स्याउले बजार व्यवस्थापन समिति अध्यक्ष गोपाल देउवाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम रहनु भएको थियो ।



प्रमुख अतिथि रहनु भएका राज्यमन्त्री बमले एक औपचारिक कार्यक्रमका बिच आज (सोमबार) उद्घाटन गर्नु भएको हो । स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा आज देखी सुरु भएको मेला भदौ १६ गतेसम्म सञ्चालन हुने छ ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिमा क्षेत्र नं. ४ का सांसद द्वय तुलसी देवकोटा र खेमा देवी बिष्ट रहेकी थिइन् । उक्त मेलामा जनप्रतिनिधिहरू, सुरक्षाकर्मीहरू लगायत विभिन्न ठाउँका चर्चित डेउडा कलाकारहरूको पनि उपस्थिति रहेको थियो ।


उक्त उद्घाटन कार्यक्रममा बाेल्नु हुँदै प्रमुख अथिथि राज्मन्त्री बमले गौरा पर्वका बेलामा खेलिने त्यो खेलमा देउडा खेलमा धेरै फरक छ । हामी आज देउडा सँग गौरा जोडिरहेका छौ । वास्तवमा हाम्रो परापूर्वकाल देखि चलिआएको संस्कृति छ । एउटा गौरापर्व भनेको धार्मिक पर्व हो भने देउडा हरेक किसिमले खेल्ने गरिन्छ । देउडा र गौरापर्व खेल पर्व संस्कृति र पहिचान सँग जोडिएको हुन्छ ।
त्यसैले गर्दा गौरापर्व सुदूरपश्चिमको पहिचान समेत भएको बताए । जस्तै पुरुषहरूले आफ्नो शुद्धताका लागि जनै धारण गर्दछन् त्यसैगरी यो तीन दिनको कार्यक्रममा बिरुँडा भिजाएर त्यसका सँगसँगै मनाउने महिलाहरूले धागो र दुबो बाँधेर शुद्धताका साथ गौराको पुजा गर्ने गर्छिन् । यस्तो किसिमको कार्यक्रम गर्नु भएकोमा आयोजक प्रति धन्यवाद दिन चाहन्छु बमले भने ।
फरक फरक दिन सुदूरपश्चिमका ८ वडा जिल्लाबाट आमन्त्रित कलाकारहरू तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने मेलाका संयोजक गोपाल देउवाले बताएका छन् ।

उक्त उद्घाटन कार्यक्रम समापन पश्चात सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री बम,सांसद द्वय देवकाेटा र बिष्ट लगायतले डेउडा खेल खेलेर रमाइलो गरेका थिए ।
गौरापर्व मेला समितिका लक्ष्मी खिलाडीले मन्तव्य व्यक्त गरेकी थिइन भने कार्यक्रमको संंचालन मिडियाकर्मी शारदा फुलाराले गरेकी थिइन् ।





