डोटी- डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका–६ की १८ वर्षीया दुर्गा साउँदको चट्याङ लागेर मृत्यु भएको हो। हिजो (शनिवार) साँझ चट्याङ लागेर उनी घाइते भएकी थिएन् ।
तर उपचारको क्रममा आज (आइतबार) विहान माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।