अत्तरिया- सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा गोदावरी नगरपालिकाद्वारा भोली (आइतबार) भदौ ९ गते स्थानीय बिदा दिएको छ ।
गौरा पर्वको अवसरमा मिति २०८१/०५/०९ गते आइतबारका दिन गोदावरी नगरपालिका क्षेत्र भित्र १ (एक) दिन स्थानीय बिदा दिने भनी मिति २०८१/०४/२७ गतेको ११५ औं कार्यपालिका बैठकबाट निर्णय भएको हुँदा यस नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, स्वास्थ्य संघसंस्था तथा विद्यालयहरूमा १ (एक) दिन स्थानीय बिदा दिइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
साथै उक्त पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरूमा यस कार्यालयको तर्फबाट हार्दिक शुभकामना समेत व्यक्त गरिएको छ ।