डोटीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

डोटी- डोटीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

Dadeldhura hospital

जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी १७ वर्षीया रुपा साँउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

भिरबाट अन्दाजी १०० मिटर तल खसेर साँउद घाईते भएकी थिइन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल डोटी लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

Loading...