एमाले भीमदत्त १९ को वडा कमिटी अध्यक्षमा राना चयन

कञ्चनपुर- नेकपा (एमाले) भीमदत्त नगरपालिका १९ को वडा कमिटी अध्यक्षमा साहेब राना चयन भएका छन्। बुधबार वडा कमिटीको बैठकबाट रानाको अध्यक्षतामा वडा कमिटी पुनः गठन गरिएको छ ।

Dadeldhura hospital

कमिटीको उपाध्यक्षमा अन्जु कार्की चौधरी, सचिव दिपक सिह विष्ट, उप सचिव सरस्वती बम, जगत प्रसाद अवस्थी चयन भएका छन् । वडा कमिटी सदस्यमा केशब लुहार, मन्जन राना, दल बहादुर बम, दुर्गा सिह चौधरी, नन्दलाल भट्ट र तारी सिह पाल चयन भएका छन् ।

Navadurga sun
Godawari sandesh

दिपक विष्टको अध्यक्षतामा बसेको बैठकमा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी प्रमुख अतिथि थिए ।

बैठकमा एमाले भीमदत्त नगर अध्यक्ष हिमाल बहादुर चन्द, जिल्ला कमिटी सदस्य खेमराज जोशी, नगर सचिव खगेन्द्र विष्ट, नगर सदस्य हर्क सिह भण्डारी, पूर्व जिल्ला कमिटी सदस्य दामोदर महरा, पूर्व नगर सल्लाहकार लक्ष्मीदत्त भट्ट लगायतका सहभागी भएका छन् । बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्तको विशेष उपस्थिति थियो ।

Loading...