कैलाली मासु र अण्डा उत्पादनमा आत्मनिर्भर बन्दै

धनगढी- पछिल्लो समय कैलाली मासु र अण्डा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । बङ्गुर, कुखुरा, हाँस र बाख्राको व्यावसायिक पालन बढेसँगै मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर बन्दै गएको हो ।

जिल्लामा व्यावसायिक रुपमा फर्म दर्ता गरी बङ्गुर, कुखुरा, हाँस र बाख्रापालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतका अनुसार सरकारले पछिल्लो केही वर्ष यता व्यावसायिक रुपमा गाई भैँसीपालन गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएपछि बर्सेनि मासु तथा अण्डा उत्पादनमा वृद्धि हुँदै आएको छ ।

कोराना कालपछि विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरूलाई प्रदेश सरकारले स्वदेशमै कृषि उद्यमी बन्न विभिन्न अनुदान कार्यक्रम ल्याएपछि पनि मासु तथा अण्डा उत्पादनमा वृद्धि हुँदै आएकोले आत्मनिर्भर बन्दै गएको उनले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको तथ्याङ्क अनुसार कैलालीमा बाख्राका १ हजार ३०२, बंगुरका ७ सय ९८, कुखुरा लेयर्स जातका १ सय ९५, कुखुरा बोइलर २ हजार ४१० र कुखुरा स्थानीय ९ सय ९२ व्यावायिक रुपमा फर्म दर्ता गरी मासु तथा अण्डा उत्पादन गरिँदै आएको छ ।

Dadeldhura hospital

जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा १४ अजार नौं ५० मेट्रिक टन मासु उत्पादन आव २०७९/०८० मा १८ हजार ३ सय ३८ मेट्रिक टन मासु उत्पादन भएको थियो । आव २०८०/०८१ मा २३ हजार ३ सय ६७ मेट्रिक टन मासु उत्पादन भएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ५ सय ५२ गोटा अण्डा उत्पादन आव २०७९/०८० मा २ हजार ७ सय ११ गोटा अण्डा उत्पादन भएको थियो । आव २०८०/०८१ मा ३ हजार २ सय ११ गोटा अण्डा उत्पादन भएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिएको तथ्याङ्क अनुसार गत आव २०८०/०८१ मा बार्षिक रुपमा कैलाली जिल्ला भएर पशुजन्य पदार्थ निकासी समेत बढ्न थालेको छ ।

जिल्ला भएर बार्षिक रुपमा सरदर १ अर्ब ६० करोड ६० लाखका भैंसी, ३ अर्ब ५० करोड ४० लाखका खसीबोका बाहिर निकासी हुने गरेको विज्ञ केन्द्रका सूचना अधिकारी कठायतले जानकारी दिए । त्यसैगरी गत आवमा बार्षिक रुपमा सरदर ८ करोडको छुर्पी, ३ करोड ६५ लाखको बटर घीउ र १ अर्ब ८३ करोड ९६ लाखको दुध जिल्ला भएर बाहिर निकासी भएको विज्ञ केन्द्रको तथ्यांकमा उल्लेख छ ।

Loading...