वर्षासँगै पहिरो खस्दा बैतडीमा दुई घर भत्किए

बैतडी- वर्षासँगै पहिरो खस्दा डिलासैनी गाउँपालिकामा दुई घर भत्किएका छन् । डिलासैनी​-३ दौंखोलामा स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन् । मुनिबाट पहिरो खसेपछि घर भत्किएका हुन् ।

Dadeldhura hospital

चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर भत्किएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात र अन्य सामग्री नष्ट भएका छन् । पहिरोले घर भत्किएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

पहिरोका कारण स्थानीय नरेश बोहरा र बहादुर बोहराको घर पनि उच्च जोखिममा रहेका जनाइएको छ । ​पहिराकै कारण स्थानीय ५ जनाको मकैबालीमा समेत क्षति पुगेकेो छ । घटनासँगै राहत तथा पुन:स्थापनाका काममा कुनै कसर बाँकी नराख्ने डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताए ।

Loading...