इपिएस कोरिया : करिब नौ हजार परीक्षार्थी उत्तीर्ण

काठमाडौँ- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो ।

सो शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए । दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले सोमबार राति सार्वजनिक गरेको छ ।

Navadurga sun

सो शाखाका अनुसार यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । पहिलो चरणमा परीक्षामा ४० हजार ५८० जना सहभागी भएकोमा भाषा परीक्षामा छ हजार ३२१ जना उत्तीर्ण भएका थिए । पहिलो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ७४१ जना सिप परीक्षामा अनुत्तीर्ण भएका थिए ।


यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । दोस्रो चरणको भाषा परीक्षा उत्तीर्ण गरेका आठ हजार ९६५ जना सिप परीक्षा हुन बाँकी रहेको छ ।

एचआरडी कोरियाले कोरिया जान रोस्टरमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको इपिएस शाखाले जनाएको छ । सो शाखाका दोस्रो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको सिप परीक्षणको सूचना केही दिनमै सार्वजनिक गरिने छ ।

कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार परीक्षा सकिएलगत्तै नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...