गोदावरी नगरपालिकाले परिचालन गर्ने गाउँबस्तीमा स्वास्थ्यकर्मी

डेङ्गुको लक्षण र बच्चे उपाय सहित

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले डेङ्गुलगायत कीटजन्य रोगको नियन्त्रणका लागि गाउँबस्तीमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ ।

डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यसले ससाना पानी जमेका स्थानमा फुल पार्ने गर्छ । खासगरी वर्षाको पानी; जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टीतेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ ।

डेङ्गु एडिस एजिप्टाईएडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइसल सङ्क्रमण हो । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ । औँलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेङ्गु रोग क्लासिक डेङ्गु हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेङगी गल्तीले डेङ्गु भनी लेखिने ज्वरो लामखुट्टेको टोकाइ सर्ने र शितोष्ण र समशितोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्छ । सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीन दिनदेखि चौध दिन पछि यसका लक्षणहरू देखिन्छन् । यसका प्रमुख लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ ।

Dadeldhura hospital

बर्खायाममा धेरै हुने डेङ्गु नियन्त्रणका लागि अत्तरियामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । बर्खायाम सुरु भएसँगै एडिस जातको लामखुट्टे सक्रिय हुने र टोकाइबाट डेङ्गु रोग सर्ने भएकाले नियन्त्रणका लागि गोदावरी नगरपालिकाले वडा अध्यक्ष तथा स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरणसँगै सचेतनामूलक कार्यक्रम सुरु गरेको हो । 

नगरपालिकाले  स्वास्थ्यकर्मी तथा स्वयंसेविकासँग डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । डेङ्गु रोग पानीमा बस्ने लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले घरवरपर टायर, गमला, ड्रमलगायतमा पानी जम्न नदिन स्वास्थ्यका विज्ञले सुझाव दिएका छन् । 

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीले डेङ्गु रोग नियन्त्रणका लागि पालिका संग भएको जनशक्ति स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयंसेविका गाउँबस्तीमा नै परिचालन गर्ने र टोलटोलमा पुगेर जनचेतना फैलाउन आग्रह गर्नुभयो । लार्भा खोज र नष्ट गर अभियानसँगै सबै जना सचेत बन्न सके डेङ्गु रोगबाट बच्न सकिने उहाँले बताउनुभयो । 

अत्तरियामा डेङ्गु नियन्त्रणका लागि हरेक वर्ष खोज र नष्ट गर अभियान चलाउने गरिएको छ तर यो वर्ष भने अभियान सुरु भएको छ ।  

सामान्यतः डेङ्गु भाइरसको सङ्क्रमण भएका करिब ८० प्रतिशत मानिसमा रोगको कुनै लक्षण देखिँदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षण मात्र देखिन्छ । सङ्क्रमित मध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिस यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्छन् । यो रोग छिप्पिन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन ।

लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपाय
–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने
–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

Loading...