पानीको खाल्टोमा डुबेर बालिकाको मृत्यु

Dadeldhura hospital

धनगढी- धनगढीमा पानीको खाल्टोमा डुबेर बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडाका बिनोद रानाको ४ वर्ष ५ महिनाकी छोरी अनाया रानाको शुक्रवार मृत्यु भएको हो ।

आफ्नै घर आगनमा खेल्ने क्रममा नजिकै रहेको पानीको खाल्टोमा डुबेर अनाया बेहोस भएकी थिइन् । उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्‍याउदा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

Loading...