विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन्।

भर्चुअल माध्यमबाट उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मनसुनजन्य विपद्‍बाट प्रभावित भएका नागरिकलाई राहत तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिएका हुन्।

Navadurga sun

गृहमन्त्री लेखकले सिमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गरे। उनले भने, “राज्य छ भन्ने अनुभूति दिने काम प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायको हो, अनुभूति हुने ढङ्गले काम गर्नुपर्छ।”

विपद् व्यवस्थापन गर्न आवश्यक प्रविधिको उपलब्धताका लागि मन्त्रालयले पहल गरिरहेको उनले बताए। विपद् व्यवस्थापनका साथै जिल्लाको शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले निर्देशन दिए। भर्चुअल बैठकमा गृह सचिव एकनारायण अर्यालले विपद्को सुरुआती दिनमै यस पटक देशभर धेरै जनधनको क्षति भएको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...