धनगढी- कैलारी गाउँपालिकाले २४ औैं कमैया मुक्ति दिवसको अवसरमा साउन २ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै साउन २ गते सार्वजनिक विदा दिएको हो ।
उक्त दिन गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय तथा बैंकहरुमा बिदा रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीबाट हस्ताक्षरित सूचना मार्फत जानकारी गराइएको छ ।
मुक्त कमैयाहरुलाई सरकारले २०५७ साल साउन २ गते मुक्ति घोषणा गरेको थियो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले २४ औं मुक्ति दिवसका अवसरमा सबै मुक्तकमैया दाजुभाईहरुलाई शुभकामना व्यक्त गरेका छन् ।