डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको पर्शुराम नगरपालिका–११ सलेता स्थित सिद्ध खोलामा नुहाउने क्रममा अन्दाजी १५ वर्षीया बसन्तीकुमारी बिष्टको डुबेर मृत्यु भएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Loading...