प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेशको वार्षिक समीक्षा बैठक सम्पन्न

अत्तरिया- प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेशको वार्षिक समीक्षा तथा योजनाको बारेमा छलफल सम्पन्न भएको छ । सोमबार देखि अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा सञ्चालन भएको प्राज्ञिक विद्यार्थी परिषद्को प्रदेशको कार्यकारिणी समिति कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

Dadeldhura hospital

बैठकमा गत वर्षको सांगठनिक कार्यक्रमको योजना र आगामी आउने आर्थिक वर्ष ०८१/८२ को कार्य योजना निर्माण लगायतको संगठनका बिभिन्न विषयविन्दुमा छलफल तथा चर्चा गरिएको परिषद्का राष्ट्रिय सचिव दिवस पोखरेलले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

सोमबार देखि सञ्चालित कार्यक्रम प्राज्ञिक विद्यार्थी परिषद्का सुदूरपश्चिम प्रदेश अध्यक्ष पृथ्वीराज अवस्थीको सभापतित्वमा भए सँगै प्रमुख अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख डा. डम्बर बहादुर पाल रहेका थिए ।

त्यस्तै परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, परिषद्का राष्ट्रिय सचिव दिवस पोखरेल, परिषद्का प्रदेश सचिव प्रेम बोहरा, परिषद्का राष्ट्रिय जनजाति कार्य प्रमुख एवं सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश संगठन सचिव चन्द्रशेखर जोशी, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष लोकराज भण्डारी लगायत प्रदेशका विभिन्न दायित्वमा रहेका कार्यकर्ताहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो।

Loading...