विद्युतीय माध्यमबाट नि:शूल्क खोप प्रमाणीकरण गर्न मन्त्रालयको अनुरोध

काठमाडौँ, १९ साउन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानुपर्ने नागरिकहरूलाई नि:शूल्क र विद्युतीय माध्यमबाट खोप प्रमाणीकरण गर्न सातै प्रदेश तथा ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ ।

Dadeldhura hospital

मन्त्रालयले आज सूचना जारी गरी वैदेशिक रोजगारी, अध्ययन, उपचार तथा कामका सिलसिलामा विदेश जाने नागरिकलाई कोभिड–१९ खोप लगाएको कार्डका आधारमा प्रमाणीकरण नि:शूल्क गर्न देशभरिका ५० शैया माथिका अस्पतालहरूलाई अनुरोध गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

मन्त्रालयले आउँदो भदौ १ गते देखी पहिले दर्ता (प्री रजिष्टेशन) गरी खोप लगाउन र सूचना प्रणालीबाट क्यु.आर. कोड सहितको प्रमाण पत्र विद्युतीय माध्यमबाट उपलब्ध गराउन समेत अनुरोध गरेको हो । त्यस्तै खोप लगाउने अन्य नागरिकका हकमा समेत प्री रजिष्टेशन गरी सोही आधारमा खोप लगाउने व्यवस्था गर्न सूचनामा आग्रह गरिएको छ ।

Loading...