बाढीको जोखिममा परेपछि १६ घरपरिवारको विद्यालयमा बसाइ

दार्चुला- दार्चुलामा बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको छ । जिल्लाको मार्मा गाउँपालिका–४ र ५ का १६ घर गन्याड खोलाको बाढीको जोखिममा परेपछि १६ घरधुरीका ४८ महिला र ५१ पुरुष गरेर ९९ जनालाई स्थानान्तरण गरिएको छ ।

उनीहरुलाई नजिकै रहेको हटीनाथ आधारभुत विद्यालय र सुर्यदय आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सोमवारबाट परेको अविरल वर्षाले गन्याड खोलामा आएको बाढीको जोखिम बढेपछि जीउधनको क्षति नहोस भनेर बस्तीका मानिसलाई स्थानान्तरण गरिएको हो ।

Loading...