Division ban Pahalmanpur

कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरका ८ विद्यालयको नतिजा शून्य आएको छ । केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका ८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो । 

Malpot office jogbudha

शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्रप्रसाद भट्टले यहाँका विभिन्न पालिकाका ८ वटा विद्यालयको नतिजा शून्य भएको बताएका छन् ।

उनका अनुसार भीमदत्त नगरपालिकाका २ वटा, लालझाडी गाउँपालिकामा २, वेदकोट नगरपालिकामा १, शुक्लाफाँटा नगरपालिकामा पनि १ विद्यालयको नतिजा शून्य आएको हो ।

त्यसैगरी बेलौरी र पुनर्वास नगरपालिकाअन्तर्गत पनि एक/एक विद्यालयको नतिजा खराब आएको शिक्षा इकाइका निमित्त प्रमुख भट्टले जानकारी दिए । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...