बैतडीमा भाईरल ज्वरोका विरामी बढ्दै

बैतडी, १९ साउन- मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएका छन् ।  सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन्। जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले बताए।

Dadeldhura hospital

त्यसैगरी श्रीकोट स्वास्थ्य चौकीमा पनि उपचारका लागि आउने बिरामी मध्ये अधिकांश ज्वरो र रुघाखोकीका हुने चौकीका प्रमुख वीरसिंह भाटले बताए। मौसम आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेको डा. जोशीको भनाइ छ।

Navadurga sun
Godawari sandesh

वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धिकरण गरेर तथा पानी उमालेर मात्रै प्रयोग गर्न डा. जोशीले सुझाव दिएका छन्।

Loading...