Division ban Pahalmanpur

सुदूरपश्चिम प्रदेशमा बजेट माथि छलफल सुरु हुन सकेन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट अरू प्रदेशले पारित गरि सक्दा समेत सुदूरपश्चिम प्रदेशमा बजेट माथि छलफल सुरु हुन सकेको छैन ।

प्रदेश सरकारले बजेट सार्वजनिक गरेको तीन साता पुग्न लाग्दा सम्म बजेट माथि छलफल सुरु हुन नसकेको हो । गएको असार १ गते आगामी आर्थिक वर्षका लागि आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गरेका थिए ।

Malpot office jogbudha

संसदीय व्यवस्थामा प्रदेश सभामा बजेटमाथि छलफल गरेर सर्वसम्मत वा बहुमतले पारित गर्ने व्यवस्था रहेको छ । बजेट माथि अहिले सम्म सभामा छलफल सुरु नभएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।

सत्तारुढ दल नेकपा (एमाले) ले भने सदन नचलेका कारण बजेट माथि छलफल सुरु हुन नसकेको जनाएको छ । “बजेट माथि छलफल गर्न सदन चल्नु पर्छ”, एमाले संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले भने, “सदन चलेको छैन । कसरी छलफल हुनु ?”

सुदूरपश्चिम प्रदेश सभाको पछिल्लो बैठक असार १ गते बसेको थियो । सभामुख भीम बहादुर भण्डारीले अर्को सूचना जारी नगरुन्जेल अनिश्चित समय सम्मका लागि बैठक स्थगित गरेको छ । पछिल्लो परिवर्तित राजनीतिक घटनाका कारण सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुने वा नहुने अन्यौलता बढेको छ । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...