अत्तरियाका डुवान बस्तीमा पानी निकास गर्दै गोदावरी नगर

अत्तरिया- अविरल वर्षाका कारण गोदावरी नगरपालिका अत्तरिया क्षेत्र वरिपरिको जनजीवन प्रभावित बनेको छ । केही बस्तीहरू डुबानमा परेका छन् । मंगलबार राति देखिको लगातारको वर्षाले निकास नपाउँदा अत्तरियाका केही भाग जलमग्न भएका छन ।

गोदावरी नगर अत्तरियामा बाक्लो बस्ती हुँदै गएको र नक्सा पास नगरी अव्यवस्थित रुपमा घर निर्माणले पछिल्ला दिनहरूमा पानीको निकास नहुँदा डुबान हुने गरेको छ ।

डुबान बस्तीमा पानी निकासका लागि मेयर विरेन्द्र भट्ट सहितको टोलि बुधबार बिहान देखि खटिएको थियो । अत्तरिया चोकको पुर्वपट्टी रहेको सुकुम्बासी बस्तीमा ६ लेन सडक खण्डको नालीको पानी बस्तीमा पसेपछि सर्वसाधारण समस्यामा परेका छन् । नगर प्रमुख भट्टले स्थलगत अनुगमन पश्चात पानीलाई डाईभर्ट गरिएको छ ।

यस्तैगरि बुधबार बिहान ६ः३० बजे देखि नै वडा न १, २, ३ र ४ का बिभिन्न ठाउँमा नगर भट्ट सँगै नगर प्रवक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपालदत्त भट्टले यस पालिका भित्र डुबानमा परेका ठाउँहरूको स्थलगत अनुगमन सँगै डोजरले निकास निकाल्ने काम भइरहेको हो ।

नगर प्रमुख भट्टले वर्षा जारी रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् । डुबानमा परेकाहरूलाई सहजीकरण र उद्धारका लागि पालिकासँग भएको स्रोत परिचालन गरिरहेको भट्टले जानकारी दिए ।

Loading...