सुदूरपश्चिम सहित तीन प्रदेशको नेतृत्व कांग्रेसले गर्ने

धनगढी- नेपाली कांग्रेस र नेकपा एमाले बीच नयाँ सरकार गठन गर्ने सहमति संगै प्रदेशको नेतृत्व गर्ने विषयमा पनि भाग बण्ड भएको छ ।

गएराति एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठन गर्ने सम्झौता संगै प्रदेश सरकारको नेतृत्व लिने विषयमा पनि सहमति जुटेको हो ।

सहमतिअनुसार कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ भने एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओली–देउवा बीच सहमति बनेको छ । यस्तै ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ ।

Loading...