अत्तरिया- कैलालीको गोदावरीमा एक घरमा आगलागी हुँदा साढे ४ लाख बढीको क्षती भएको छ ।
सोमबार साँझ गोदावरी नगरपालिका १० खमौराका कर्ण बहादुर मल्लको कच्ची घरमा आगलागी हुँदा ४ लाख ६१ हजार ६६० रुपैयाँ बराबरको क्षती भएको हो ।
भुसा, पराल राखेको गोठमा आगलागी हुँदा गोठ भित्र रहेका प्लाष्टिकको खाली क्रेट, डिजलका खाली ड्रम, काठ, भुसा, पराल लगायतका सामानहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।