धनगढीमा अवैध सामानसहित एक महिला पक्राउ

धनगढी- कैलालीको धनगढीमा अवैध सामानसहित एक महिला पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–७ देवरियाकी ३८ वर्षीया निर्मला जोशी अवैध सामानसहित पक्राउ परेकी हुन्।

जोशीले घरमा भण्डारण गरी राखेको अवस्थामा अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ४२ हजार बराबरको कुर्ति, धोति, गाउन लगायतका सामान बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान र निज निर्मला जोशीलाई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय त्रिनगर, कैलालीमा पठाएको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...