धनगढी- कैलालीको धनगढीमा एक जना करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१ का २८ वर्षीय सुप्रिम राना करेन्ट लागेर घाइते भएका हुन् । उनलाई एलनचोकमा तारतान्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
रानाको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था भने गम्भीर रहेको छ ।