


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउले बजारको गेटमा रङ्गरोगन गरिँदै छ ।



स्याउले बजार व्यवस्थापन समितिले स्याउले बजारमा रहेको मुख्य गेटमा गोदावरी नगरपालिका वडा नम्बर ८ को सहयोगमा रङ्गरोगन गर्न लागेको हो ।


गेटमा रङ्गरोगन गरिनुका साथै संस्कृति झल्किने चित्रहरू पनि राखिने स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताएका छन् । १६ वर्ष अघि निर्माण भएको उक्त गेट रङ्गरोगन नहुँदा कुरूप देखिने गरेको थियो ।





