बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिने 

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ मा पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Ganyapdhura gau

मातृ तथा शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणाका लागि गर्भवतीलाई कोशेली कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिका भित्र रहेका स्वास्थ्यचौकी र १८ ओटा बर्थिङ सेन्टरमा दक्ष जनशक्तिसहितको प्राविधिक सेवा सञ्चालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।

साथै पूर्ण संस्थागत सुत्केरी अभियानलाई पूर्णता दिनका लागि प्रत्येक सुरक्षित प्रसुती सेवा केन्द्रमा विद्युत सेवा विस्तार गर्ने, प्राविधिक दक्ष जनशक्तिको व्यवस्थापन गर्ने, औजार उपकरणको व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत महताले बताए । घरमै बच्चा जन्माउने प्रवृत्तिको पूर्ण रुपमा अन्त्य गरेर स्वास्थ्य संस्थामै सुरक्षित तरिकाले बच्चा जन्माउने विषयमा घरपरिवारका सदस्यहरूलाई समेत जानकारी गराइने उनले बताए।

बच्चा जन्माएकै कारण आमाको मृत्यु नहोस् र बच्चा पनि सकुशल जन्मिउन भनेर पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिने प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।

Couple
Loading...