देशभर थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौँ, १८ साउन- आज देशभर कोरोना भाइरसबाट ३ हजार १ सय २५ जना संक्रमित भएका छन् । १० हजार ६ सय १३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार २ सय ७९ तथा ३ हजार १ सय ९८ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय ४६ जना गरी जम्मा ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरबाट गएको २४ घण्टामा १ हजार ९ सय २५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै अहिलेसम्म कोरोना संक्रमणबाट ६ लाख ५८ हजार १ सय २२ जना निको भएको मन्त्रालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव १ प्रतिशत रहेको छ ।  देशभरि आज कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ ।

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३१ हजार ६ सय २९ जना सक्रिय संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । जसमा ६ सय ९० जनाले आइसियु र १ सय ७५ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

सरकारले कोरोना संक्रमणको महामारीलाई नियन्त्रण गर्न जारी राखेको खोप कार्यक्रममा गत २४ घण्टाभित्र १ लाख ८१ हजार २५ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...