थ्री डीभीएल बहुउद्देश्यीय सहकारीको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- थ्री डीभीएल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कैलालीको पाँचौँ वार्षिक साधारण सभा, दोस्रो अधिवेशन तथा दसैँ–तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। असोज २४ गते पतञ्जली योग भवनमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष दीपक ओझाको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा समाजसेवी तथा युवा व्यवसायी पुष्करराज शर्मा जोशी प्रमुख अतिथिका रूपमा सहभागी थिए। संस्थाका सचिव देवराज भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष खगेश्वरी पाण्डेले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्।

Navadurga sun

संस्थाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार उक्त वर्ष ४२ हजार ६२५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा संस्थाको खुद नाफा ३७ हजार ९६४ रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष संस्थाको खुद नाफामा वृद्धि भएको देखिएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल पुँजी तथा दायित्व एक करोड ७७ लाख ९० हजार ३०४ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम एक करोड २३ लाख तीन हजार ३४६ रुपैयाँ रहेको थियो।

संस्थाको सेयर पुँजीसमेत वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ। आर्थिक वर्ष २०८२/८३ मा सेयर पुँजी १७ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा १४ लाख ८८ हजार २०० रुपैयाँ रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले स्थापनाको पाँच वर्षमा सहकारीले प्रगति गर्दै खुद नाफासमेत वृद्धि गर्न सफल भएको बताए। उनले संस्थाको थप प्रगतिका लागि सेयर सदस्य, सञ्चालक समिति तथा सल्लाहकार समितिले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए। साथै, संस्थाको गतिविधिमाथि नियमित निगरानी र सहकारीप्रतिको अपनत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा संस्थाले अझै प्रगति गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष दीपक ओझाले सहकारी स्थानीय सेयर सदस्य र सञ्चालकहरूको साझा संस्था भएको बताए। उनले संस्थालाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई ढुक्क भएर संस्थामा आबद्ध हुन आग्रह गरे।

कार्यक्रममा संस्थाको आर्थिक अवस्था, उपलब्धि तथा आगामी दिनमा संस्थालाई थप व्यवस्थित र प्रगतिशील बनाउने विषयमा समेत चर्चा गरिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...