जोशीपुर गाउँपालिकाले गर्याे ५५ करोड ३ लाख ११ हजार बजेट सार्वजनिक 

धनगढी- कैलालीको जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५५ करोड ३ लाख ११ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।

आज भएको १२ औँ गाउँ सभा अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष रेखा देवी कठरियाले आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट प्रस्तुत गर्नुभएको हाे । 

Navadurga sun

सो पालिकाको आयतर्फ सङ्घीय वित्तीय समानीकरणबाट प्राप्त हुने रकम ११ करोड ६८ लाख, राजस्व बाँडफाँट रकम नौ करोड ६२ लाख, सशर्त अनुदान (चालु) १७ करोड २५ लाख १० हजार, सशर्त अनुदान (पुँजीगत) ९ करोड ३६ लाख, विशेष अनुदान १ करोड २० लाख रुपियाँ रहने जनाइएको छ ।

त्यसैगरी, प्रदेश वित्तीय समानीकरण तर्फ १ करोड ७ लाख ४६ हजार, राजस्व बाँडफाँट २६ लाख २३ हजार, प्रदेश सशर्त अनुदान १ करोड ३० लाख, सशर्त चालुतर्फ १२ लाख ८५ हजार, सशर्त पुँजीगत तर्फ १ करोड ३० लाख, समपूरक अनुदान १ करोड, विशेष अनुदान ४५ लाख रुपियाँ रहने उपाध्यक्ष कठरियाले बताउनु भयो ।

त्यसैगरी गाउँपालिकाको आन्तरिक आय १ करोड ६९ लाख ४७ हजार चालु आर्थिक वर्षको बचत १ लाख रुपियाँ रहेको छ । गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...