अत्तरियामा यौन व्यवसायमा संलग्न चार जना पक्राउ

अत्तरिया- कैलालीको अत्तरियामा कोठा भाडामा लिएर यौन व्यवसायमा संलग्न चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ आदर्श गल्लीबाट १ जना पुरुष र ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

Dadeldhura hospital

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कोठा भाडामा लिई यौन व्यवसायमा संलग्न घर धनि महिला सहित ग्राहक सँग सम्पर्क गराउने होटल सञ्चालक महिला समेतका ३ महिला र १ जना पुरुष गरि जम्मा ४ जनालाई सोमबार बेलुकी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ की ६५ वर्षिया महिला, सोही ठाउँकी २८ वर्षिया महिला, गोदावरीकै वडा नम्बर ३ बस्ने ३७ वर्षिय पुरुष र गौरीगंगा नगरपालिका-१ बस्ने ३४ वर्षिय महिला रहेका छन । उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...