राष्ट्रिय बालचल चित्र महोत्सव सम्पन्न

धनगढी- चलचित्र विकास बोर्डकी आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय बालचल चित्र महोत्सव–२०८१ आइतबार सम्पन्न भएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शुरु भएको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरूको प्रतिभा प्रस्तुतीसँगै विभुता सिटौला निर्देशित बालचल चित्र शिलावाला प्रदर्शन गरिएको थियो ।

Navadurga sun

तीन दिनसम्म चलेको महोत्सवमा १ दर्जन बढी बाल चलचित्रहरू प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरू द्वारा निर्माण गरिएका चलचित्रहरू पनि महोत्सव प्रदर्शन गरिएको थियो ।

महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्ड अध्यक्ष भुवन केसीले बालबालिका संग भुवन केसी कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासँग संवाद तथा अन्तरक्रिया गरेका थिए ।

बालबालिकालाई आफ्नो कथा भन्ने तथा हेर्ने वातावरण तयार गर्ने, चलचित्र मार्फत शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने, बालबालिकाको मनोरञ्जनको अधिकारको प्रवर्द्धन गर्ने, चलचित्र मार्फत बालबालिकाहरूको भावना, धारणा र व्यवहारमा परिष्कार ल्याउने तथा सिनेमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव सफल र उपलब्धिमूलक रहेको बोर्डका सदस्य सचिव राजेश थापाले बताए । बोर्डले गत वर्ष दाङमा पहिलो बाल चलचित्र महोत्सव आयोजना गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...