दार्चुला तुइन प्रकरण : नेकपा कैलाली द्वारा विरोध प्रदर्शन

अत्तरिया, १८ साउन– नेपाल कम्युनिस्ट पार्टी कैलालीले महाकाली नदि तर्ने क्रममा जयसिङ धामी वेपत्ता भएको घट्नामा भारतीय सिमा सुरक्षा बल (एसएसबी ) ले देखाएको व्यवहारप्रति विरोध जनाएको छ । विरोधमा कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

अत्तरियामा भएको कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला सेक्रेटरी युवानेता दीपेन्द्र चलाउने (संगम) ले सम्बोधन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै संगम ले भारतीय सिमा सुरक्षा बल ( एसएसबी) द्वारा हत्या गरिएका युवा जयसिङ धामिलाई तत्काल सहिद घोषणा गर्न माग गरे ।

Dadeldhura hospital

दार्चुला घटना यो दलाल संसदीय ब्यबस्था, सरकार र संसदवादी दल हरुको नालायकी पनकै उपज भएकाले अब बैज्ञानिक समाजवादी व्यवस्था का निम्ति जनमतसंग्रहमा जानुपर्ने भन्दै आमजनसमुदाय लाई ब्यबस्था परिवर्तनको आन्दोलनमा सरिक हुन अपिल गरे । प्रदर्शन अत्तरिया बजार परिक्रमा गरि चोकमा सभामा परिणत भएको थियो । उक्त कार्यक्रमलाई संचालन रमेश साउदले गरेका हुन् ।

यस्तै टिकापुरमा भएको कार्यक्रमलाई दिलबहादुर साउदले सम्बोधन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै साउदले सरकार सिमा सुरक्षा र सिमा क्षेत्रका जनताको समस्याका बिषयमा गम्भीर नभएकै कारण जयसिङ जस्ता युवाहरूले अकालमा ज्यान गुमाउनु परेको बताए । उक्त कार्यक्रमलाई संचालन हृदय बोगटीले गरेका हुन् ।

Loading...