बैतडी- बैतडीको शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुख स्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको छ ।




सोही गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।


खोजीको क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कुस्मौताघाटको टोलीले रजनी चाडको शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । अस्मिता चाड भने अझै बेपत्ता रहेको र खोजी कार्य भइरहेको जनाएको छ ।




