अनेरास्ववियु कैलालीको अध्यक्षमा खड्का सर्वसम्मत चयन

धनगढी- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार सम्पन्न अनेरास्ववियुको १७औँ जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको हो । खड्का ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुन् ।

अधिवेशनले उपाध्यक्षमा भगवती साउँद र पुष्प सुवेदी तथा सचिवमा हरिश न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । सहसचिव भने जिल्ला कमिटी बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिए । सहसचिव बाहेकका अन्य पदाधिकारी र सदस्यहरू भने सर्वसम्मत चयन भएका हुन् ।

Loading...