बैतडीमा शिक्षिकाबाट पुरुषको हत्या

बैतडी- बैतडीमा एक जना पुरुषको हत्या गरेको शिक्षिकाले स्विकार गरेकी छन् । २६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी हुन् । भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी छन् । उनी पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभान सिंह बिष्टको हत्या आरोपमा पक्राउ परेकी छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छन् । एकल महिला समेत रहेकी उनको बयान पछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको हो । शव भने नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छ । विष्ट शनिबार देखि परिवारको सम्पर्कमा थिइनन् ।

Navadurga sun
Godawari sandesh

स्थानीयका अनुसार भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन् । हत्यापछि आइतबार मध्य रातसम्म आफ्नै घर भित्र लाश लुकाएकी थिइन् । उनले आइतबार राति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ । तर, सोमबार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडक सम्म घिसारेर लगिएको छाप देखेका थिए ।

त्यहाँ रगत समेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस पछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो । हत्याको कारण भने अझै खुलेको छैन । तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ । स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् ।

Couple
Loading...