सुदूरपश्चिम प्रदेशका ५ मन्त्रीहरूले अझै पाएनन् जिम्मेवारी

अत्तरिया- सुदूरपश्चिम प्रदेशका ५ मन्त्रीहरूले जिम्मेवारी पाएका छैनन् । गत जेठ २८ गते मन्त्री नियुक्त भएका ५ जनाले अझै जिम्मेवारी पाएका छैनन् । आर्थिक मामिला मन्त्री शुरेन्द्र पाल र सामाजिक विकास मन्त्री ओम बिक्रम भाट सहित ७ मन्त्रीले २८ गते प्रदेश प्रमुख नजिर मियाबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

दुई जनाले सोही दिन मन्त्रालयको जिम्मेवारी पाए पनि अन्य ५ जनाको मन्त्रालय अझै टुंगो लागेको छैन । माओवादीका अक्कल रावल, लक्ष्मी बिक, एमालेका बिर बहादुर थापा, हिरा सार्की र एकीकृत समाजवादीका माया पन्तले अझै जिम्मेवारी पाएका छैनन्।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

स्रोतका अनुसार माओवादीका अक्कल रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छन् । माओवादीकै लक्ष्मी बिकले सामाजिक विकास मन्त्रालय फुटाएर बन्ने शिक्षा, युवा, खेलकुद तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाउने माओवादी स्रोत बताएको छ ।

यस्तै एमालेका बिर बहादुर थापाले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर बन्ने सहरी विकास तथा सिचाई जलश्रोत मन्त्रालय तथा हिरा सार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना बढी छ । एकीकृत समाजवादीबाट मन्त्री बनेकी माया पन्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा बिना विभागीय मन्त्रीको रुपमा रहने स्रोतको दावी छ ।

नियुक्त भएको एक साता पुग्दासम्म जिम्मेवारी नपाएपछि मन्त्रीहरू काम बिहिन बनेका छन् । तर मुख्यमन्त्री दीर्घ सोडारी भने एक/दुई दिन भित्रै मन्त्रीहरूले जिम्मेवारी पाउने दावी गर्छन् ।

Loading...