बैतडीमा शिक्षकको कुटाइबाट छात्रा गम्भीर घाइते

बैतडी- शौचालय गएको निहुमा बैतडीका एक शिक्षकले छात्रालाई निर्घात कुटपिट गरेका छन । कुटपिटबाट गम्भीर घाइते भएकी संगीता धामीको धनगढीमा उपचार भइरहेको उनका आफन्तले जनाएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ५ मा रहेको भूवनेश्वरी मा.वि.का प्रधानाध्यापक बिरेन्द्र सिंह धामीले कक्षा ९ मा अध्ययनरत छात्रालाई कुटपिट गरेका हुन् । उनको डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा उपचार सम्भव नभए पछी धनगढी पठाइएको छ । “कुटाइबाट छोरीको होस गुमेको छ । आज ३/४ दिन भयो छोरी होसमा छैनन् ।

Navadurga sun
Godawari sandesh

कुटपिट गर्ने पनि परिवार भित्रकै हुन । घरायसी मनमुटाव र रिसिबीका कारण निहुँ पारेर छोरीलाई निर्घात कुटिएको हो ।” उनका ठुलाबाबु जगदीश धामीले भने । उनका अनुसार कुटपिटको कुरा कसैलाई नभन्न भन्दै प्रधानाध्यापक धामीले आफुबाट गल्ती भएको र उपचार खर्च ब्यहोर्ने बताएका थिए ।

तर विद्यालयले भने आफ्नो गल्ती ढाकछोप गर्न विज्ञप्ति सार्वजनिक गरिएको उनको भनाई छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय बैतडीले भने घटना बारे जानकारी नभएको बताएको छ । पीडितका ठुलाबाबु जगदीश धामीले भने आइतबार इमेल मार्फत प्रहरीमा उजुरी पठाएको बताए ।

Couple
Loading...