बैतडीको एक घरमा आगलागी

बैतडी- बैतडीको एक घरमा आगलागी भएको छ । जिल्लाको पाटन नगरपालिका–४ का किसन सिंह ऐरीको घरमा आगलागी भएको हो । मंगलबार साँझ साढे ६ बजेतिर घर बाहिर बालेको आगो सल्किँदा उनको दुई तले ६ कोठे घर र कच्ची भान्छामा आगलागी भएको हो ।

उक्त आगलागीबाट करिब ८० हजार बराबरको क्षति हुनुका साथै ऐरीले पालेको एक गाई समेत जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

Loading...