स्याउले बजारमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउले बजारमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

udhok dadeldhura

मंगलबार युयसएआइडी तथा ब्लु वेस्ट टु भ्यालुको आयोजना तथा स्याउले बजार व्यवस्थापन समितिको समन्वयमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा आयोजकले सहभागीहरूलाई फोहोरमैला व्यवस्थापन तथा वर्गीकरण सम्बन्धी जानकारी गराएको थियो । स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले फोहोरमैला व्यवस्थित गरि बजार सरसफाइ राख्न स्याउलेका व्यवसायी एकजुट भएर नगरपालिकालाई सहयोग गर्न तयार रहेको बताएका छन् । फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रममा स्याउलेका व्यवसायीहरूको सहभागिता रहेको थियो ।

Loading...