Satyawati
Division ban Pahalmanpur

एसईईको नतिजा असार दोस्रो साता भित्र

Sostya office Dadeldhura
Purbadhar dadeldhura

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साता भित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण र अङ्क भार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए ।

उनले कार्ययोजना अनुसार काम भइरहेकाले असार दोस्रो साता भित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताए । ‘हामीले उत्तरपुस्तिका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साता भन्दा पर नजाने गरी काम भइरहेको छ ।

Malpot office dadeldhura

कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ’, उनले भने ।  उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारी समेत दिए ।

गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यस वर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यस वर्ष सैद्धान्तिक र प्रयोगात्मक लाई फरक गरेर सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने बताए । गत चैत १५ गते देखि सुरु भएको यस वर्षको परीक्षामा नियमित तर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...