सुदूरपश्चिम प्रदेशमा ५ बिना विभागीय सहित ७ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

धनगढी- सुदूरपश्चिम प्रदेशमा ७ जना मन्त्री थपिएका छन् । सुदूरपश्चिम प्रदेशमा ५ बिना विभागीय सहित ७ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । ३ एमाले ३ माओवादी र १ एकीकृत समाजवादीबाट सिफारिस भएका मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका हुन् । 

आर्थिक मामिला मन्त्रीमा एमालेका सुरेन्द्र पाल, सामाजिक विकास मन्त्रीमा माओवादीका ओम बिक्रम भाटले सपथ ग्रहण गरेका छन् । एमालेका बिर बहादुर थापा, हिरा सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी बि.क. र एकीकृत समाजवादीका माया पन्तले बिना विभागीय मन्त्रीको सपथ लिएका हुन् । उनिहरुलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

यस अघि मुख्यमन्त्री सहित ३ सदस्यीय मन्त्रिमण्डल रहेकोमा अब १० सदस्यीय मन्त्रिमण्डल बनेको छ । तिन मन्त्रालय फुटाउने गठबन्धनमा सहमति भए अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाइने छ । तत्काल जिम्मेवारी बिना सपथ लिएका मन्त्रीहरूलाई मन्त्रालय फुटाएर चाँडै जिम्मेवारी दिने मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बताएका छन् ।

Dadeldhura hospital

विगतमा राज्यमन्त्री समेत ११ सदस्यीय मन्त्रिमण्डल बनाएकै हौँ यो हामीले संबिधानले दिएको अधिकार प्रयोग गरेका हौँ मुख्यमन्त्री सोडारीले भने “त्यस्तो जम्बो भन्ने छैन, अरु प्रदेशमा कति धेरै पनि छन्, हामीले अधिकार अनुसार मन्त्रिमण्डल बनाएका छौँ, अब प्रदेश सरकारका काम कारवाही अगाडि बढाउन सहज हुने छ ।”

दुई पटकको मन्त्रिपरिषद् बिस्तारमा नागरिक उन्मुक्तिलाई सरकारमा सहभागी गराएका मुख्यमन्त्री सोडारीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तत्काल सरकारमा नजाने निर्णयमा रहेको एमाले कै कारण सरकार बिस्तारमा ढिलाई भइरहेका बेला आर्थिक मामिला सहित ३ मन्त्रालय लिएर एमाले सरकारमा सहभागी भएको हो । आर्थिक मामिला सहित एमाले सरकारमा सहभागी भए सँगै सरकारका काम कारबाही चुस्त बन्ने मन्त्री सुरेन्द्र पालले बताए ।

सामाजिक विकास मन्त्रालय सहित नेकपा माओवादी केन्द्रले पनि ३ मन्त्रालय लिएको छ । माओवादीबाट ओम बिक्रम भाट सामाजिक विकास मन्त्रालय लिएर सरकारमा सहभागी भएका छन्, भने अक्कल रावल र लक्ष्मी बि.क. बिना विभागीय मन्त्री बनेका छन् ।

यता संसदीय दलमा छलफल नै नगरी एकलौटी मन्त्री पठाएको भन्दै पार्टी स्थाई समिति सदस्य खगराज भट्ट समुह रुष्ट छ । सो समुहले सरकार लामो समय नटिक्ने दावी गरिरहेको छ । तर मन्त्री नियुक्त पछि भाटले भने, पार्टीले सबैलाई मिलाएर सरकारमा सहभागी भएको दावी गरेका छन् । सरकारमा सहभागी सँगै प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्ने उनको प्रतिबद्धता छ ।

यस अघि नागरिक उन्मुक्तिबाट कैलास चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालय र टिका थापाले भूमि, ब्यवस्था कृषी तथा सहकारी मन्त्रालय सम्हाली सकेका छन् ।

Loading...