नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बालिका मृत फेला

धनगढी, १६ साउन- नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छन्।

Dadeldhura hospital

जिल्लाको भजनी नगरपालिका वडा नं. ९ पचमुडियस्थित कान्द्रा नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बालिका मृत फेला परेकी हुन्। प्रहरीका अनुसार भजनी नगरपालिका वडा नं. ९ डमपुर बस्ने धनबहादुर सिंहकी ६ वर्षकी छोरी अनुसिंह मृत अवस्थामा भेटिएकी हुन् ।

Navadurga sun
Godawari sandesh

शुक्रबार कान्द्रा नदीमा ३ बालबालिकाहरु नदीमा नुहाउने क्रममा डुबेका थिए । घटनाबारे प्रहरी चौकी गन्जवा कैलालीको टोलीले खोजतलास गर्ने क्रममा आज शनिबार बिहान माटोको ढिस्कोमा बालिका भेटिएको जनाएको छ । उनीसँगै डुबेका दुई बालबालिकाको यसअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...