Satyawati
Division ban Pahalmanpur

यू-१९ सुदूरपश्चिम छनाैट: डाेटी माथि डडेल्धुराकाे जित

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बैतडी- वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा समूह ए का लिग चरणका सबै खेल सम्पन्न भएका छन्। उक्त समूहकाे अन्तिम खेलमा आज डडेल्धुराले डाेटीलाई ३ विकेटले पराजित गर्याे । जितका लागि पाएकाे १५० रनकाे लक्ष्य डडेल्धुराले ३६ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायाे । जसमा कृष्ण भट्टले सर्वाधिक ३८ रनकाे याेगदान गरे ।
डाेटीका आयुस द्वारियाले २ विकेट लिए ।

त्यसअघि परशुराम नगरपालिका १२ स्थित जाेगबुढा रंग मैदानमा पहिला ब्याटिङ गरेकाे डाेटी २९.५ ओभरमा १४९ रनमा अलआउट भयाे । उसका आयुस द्वारियायाेगेश सुतारले समान ५२/५२ रन जाेडे

Malpot office dadeldhura

डडेल्धुराका कैलाश ऐरले ५ विकेट झारे । कैलाश खेलका म्यान अफ द म्याच समेत चुनिए । डडेल्धुरा र डाेटी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेकाे स्काेरर लाेकेश जाेशीले जानकारी दिनुभयो ।

फाइनल पुगेकाे बैतडीले उपाधिका लागि समूह बी काे शिर्ष टाेलीसंग भिड्नेछ । समूह बी का खेल भाेलिदेखि हुँदैछन् । भाेलिकाे खेलमा अछाम र बझाङ भिड्नेछन् ।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे । सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे

दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेली बीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो । प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...