कर्णाली नदीमा खसेको जीप टुक्रा-टुक्रा भएको अवस्थामा फेला पर्याे

धनगढी, १६ साउन- कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ७ को चिसापानी-सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जीप भेटिएको छ । तर सोही जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै अज्ञात रहेको छ । शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

‘टुक्रा-टुक्रा भएको अवस्थामा फेला परेको जीपको केही भाग बाहिर निकाले पनि चेसिस, इन्जिन अझै निकाल्न सकिएको छैन,’ प्रहरी नायव उपरीक्षक विष्टले भने, ‘शनिबार बिहानैदेखि फेरि टोली खटिएर बेपत्ता जोशी दम्पतीको खोजीमा जुटिसकेको छ । जीपको बाँकी रहेको भाग पनि नदीबाट निकाल्ने प्रयास जारी छ ।’

Navadurga sun

जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत रहेका डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवी जोशीको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली खटिएको बताउँदै प्रहरी नायब उपरीक्षक विष्टले नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत परिचालन भएको जानकारी दिए ।

दुर्घटनामा परेर जोशी दम्पतीका तीन छोरा-छोरी वर्ष १३ की लक्ष्मी, वर्ष ४ की सावित्री र वर्ष ३ को भुुवन घाइते छन् । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उपचार गरेर नेपालगञ्जबाट फर्किने बेला स-परिवार सोल्टा घुम्न जाने क्रममा जीप दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...